Tuesday 6 August 2013


मुखमैथुन गर्दा अति नै आनन्द महसुस हुन्छ
हाम्रो विवाह भएको चार महिना भयो, बच्चा भएको छैन। मलाई मुखमैथुन गर्दा अति नै आनन्द महसुस हुन्छ, साथै मेरी श्रीमान्लाई पनि। यसले भविष्यमा कुनै असर पार्छ कि ? 
२७२ 
एक व्यक्तिको यौनअङ्ग अर्को व्यक्तिको मुखको सम्पर्कमा ल्याएर गरिने यौन क्रियाकलापलाई नै मुखमैथुन भनिन्छ। कतिपय व्यक्तिका लागि यो निकै सुखदायी तथा आकर्षक हुन्छ भने कतिका लागि एकदमै विकर्षक। नेपालमा राम्रोसँग अध्ययन हुन अझै बाँकी रहेकाले यसमा संलग्न जोडी कति छन् यकिन  भन्न सकिने स्थिति छैन। मानव यौनसम्पर्कलाई नियालेर हेर्ने हो भने कतिपय दम्पतीबीच मुखमैथुनको महत्वपूर्ण स्थान रहेको पाइन्छ। तपाईंहरू दुवैलाई मुखमैथुन मन पर्दो रहेछ। यसले तपाईंहरूको यौन क्रियाकलापमा थप आनन्द दिन्छ।
वास्तवमा मुखमैथुन भन्दा १. लिङ्ग-मुख मैथुन (Fallatio), २. योनि-मुख मैथुन (Cunnillingus) ३. गुद्द्वार-मुख मैथुन (Anillingus) सबै मुखमैथुनको प्रकारलाई बुझ्नुपर्छ। लिङ्ग-मुख मैथुन तथा गुद्द्वार-मुख मैथुन पुरुष-पुरुष तथा पुरुष-महिलाका बीचमा हुनसक्छ भने योनि-मुख मैथुन पुरुष-महिला तथा महिला-महिलाका बीचमा हुनसक्छ। तपाईंहरू एक-आपसमा के-कस्तो मुखमैथुनमा संलग्न हुनुहुन्छ, पत्रमा उल्लेख छैन।
कामसूत्रमा ऋषी वात्स्यायनले पनि मुखमैथुनका बारेमा वर्णन गरेको पाइन्छ। उनले मुखमैथुनलाई विभिन्न आठ नाम दिई वर्गीकृत गरेका छन्। ती हुन्- निमित्त -हातले लिङ्गलाई समातेर ओठ त्यसमा राखेर मुख गोलो पारेर हल्का किसिमले घर्षण गर्नु), पाश्र्वतोदष्ट -लिङ्गको अघिल्लो भागलाई हातले छोपेर, पछिल्लो भागलाई ओठले दबाउने), बहिसन्देश -लिङ्गको अग्रभागलाई मुखभित्र राखेर अघिपछि गर्ने), अन्तःसन्देश -बहिसन्देशभन्दा बढी नै मुखभित्र राखेर अघिपछि गर्ने), चुम्बितक -ओठलाई चुम्बज लिएजस्तै चुम्बन लिने), परिमुष्टक -जिब्रोले लिङ्गको अग्रभाग चलाउने), आम्रचूसितक -लिङ्गलाई मुख भित्र राखेर आँप चुसेजस्तै चुस्ने), संगर -लिङ्गलाई दाँतले स्खलिन नभएसम्म दबाउने)।
भविष्यमा के असर गर्ला ? 
मुखमैथुनजस्तो यौन क्रियाकलाप स्वस्थकर हो-होइन भन्ने कुरामा धेरैलाई शंका छ। स्वस्थ व्यक्तिका बीचमा हुने मुखमैथुन सुरक्षित हुन्छ। यसले स्वास्थ्यमा कुनै किसिमको हानि गर्दैन। यदि यौनरोगहरू छन् भने सर्न सक्छ, जुन कुरा लिङ्ग-योनि वा अन्य किसिमको यौनसम्पर्कका लागि पनि लागू हुन्छ। यदि यौनरोग छ भने राम्रोसँग उपचार गराएपछि वा भनौं निको भएपछि मात्र यस्तो क्रियाकलापमा सरिक हुनु बेस हुन्छ। यदी यौनसाथी मध्ये कसैलाई यौनरोग लागेको अथवा यौनरोग लागेको शंका छ भने पनि यसलाई सुरक्षित बनाउनु आवश्यक छ। श्रीमान्-श्रीमतीको बीचमा मात्र मुखमैथुन हुँदा कसैलाई कुनै रोग छैन भने त्यसको पनि चिन्ता लिनु परेन।
कतिपयलाई वीर्य वा योनिरस मुखमा पर्दा केही हानि गर्छ कि भनेर चासो हुन सक्छ। स्वस्थ व्यक्तिको यस्तो रस मुखमा पर्दा हानि पुग्दैन।

Sunday 4 August 2013

म १९ वर्षीया युवती हुँ। मेरो एउटा केटा साथीसँग यौनसम्पर्क भएको छ। अहिले मेरो घरमा विवाहको कुरा चलिरहेको छ। के मसँग विवाह गर्ने केटाले मैले अरूसँग यौनसम्पर्क गरेकी छु भन्ने कुरा थाहा पाउँछ ? 


७९०५
केटा साथीसँगको यौनसम्पर्क 
तपाईंले केटासाथीसँग यौनसम्पर्क भएको कुरा त गर्नुभएको छ, तर तपाईंका ती केटा साथीसँग कस्तो सम्बन्ध थियो भन्ने सन्दर्भमा भने कुनै कुरा उल्लेख छैन। सम्बन्ध कत्तिको गहिरो थियो वा त्यो सम्बन्ध कत्तिको प्रेममय थियो स्पष्ट हुनुपर्छ।
किशोरावस्थामा यौनेच्छा तीव्र हुन्छ नै, त्यसैले यौनसम्पर्क राख्न पुगिन्छ। सहमतिमै भएका यौनसम्पर्कमा पनि समस्या हुन्छन्, त्यसैले जोसमा होस गुमाउनु हुँदैन। तपाईंलाई गर्भको भय भएको देखिँदैन, सम्भवतः तपाईंले गर्भनिरोधको उपाय अपनाउनुभएको हुनुपर्छ। यस्तो सम्बन्धमा यौनरोगको समस्या भोग्नुपर्ने स्थिति पनि उत्पन्न हुन सक्छ भन्ने त थाहै होला। 
यी कुनै कुरा नभएको स्थितिमा पनि सम्बन्धमा स्थायित्व नहुँदा वा त्यसले निरन्तरता नपाउँदा त्यसका आफ्नै समस्या हुन्छन्। यस्ता समस्या शारीरिक तथा मानसिक दुवै हुन सक्छन्। तपाईंको केटा साथीसँगको सबन्ध कत्तिको गहिरो वा प्रेममय थियो, त्यसले पनि प्रभाव पार्छ। क्षणिक आकर्षण र वास्तविक प्रेमबीच फरक छुट्टयाउनु आवश्यक हुन्छ। क्षणिक आकर्षणलाई नै प्रेम मान्दा खाडलमा परिने सम्भावना हुन्छ। किशोरावस्थामा आकर्षण पनि प्रेमसम्बन्ध नै हो जस्तो लाग्न सक्छ। यी दुवैमध्ये के हो राम्रोसँग विचार पुर्‍याउनुपर्छ। तपाईंले आफ्नो प्रेमीको उमेर त उल्लेख गर्नुभएको छैन। उमेर बढी हुँदै गएपछि त्यो क्षणिक आकर्षणमा मात्र सीमित हुने सम्भावना कम हुन्छ। किशोरावस्थामा रागरस -हार्मोन) हरूको प्रभावका कारण शारीरिक मात्र नभै विपरीत लिङ्गप्रति आकषिर्त हुनु वा आकषिर्त गर्न खोज्नु, यौन भावनाको विकास हुनु, विपरीत लिङ्गी नजिक बस्ने वा स्पर्श गर्न चाहनेजस्ता भावनात्मक -मानसिक) परिवर्तनहरू हुन्छन्। यो शारीरिक विकाससम्बन्धी प्राकृतिक कुरा मात्र होइन, मानवको वंशजको निरन्तरताका लागि यो आवश्यक पनि छ। किशोरावस्थामा विपरीत लिङ्गीप्रति हुने आकर्षण जैविक स्थिति हो र यस्तो आकर्षण बारम्बार पैदा हुन्छ। कतिपयले किशोरावस्थामा हुने यस्तो आकर्षण वा मोह लाई नै वास्तविक प्रेम मान्छन्। प्रेम तथा आकर्षणको बीचमा भएका भिन्नता छुट्टयाउन सक्नुपर्छ। प्रेम वास्तवमा विस्तारै हुने प्रक्रिया हो। दुई व्यक्ति साथसाथै हुर्कंदा यो विकसित हुन्छ र यसमा सम्पूर्ण व्यक्तित्व नै संलग्न हुन्छ। प्रेममा अर्को व्यक्तिको भावना तथा शरीर दुवैलाई कदर गरिन्छ र उक्त व्यक्तिलाई खुसी राख्न प्रयत्न गरिन्छ। 
समस्या के हो त ? 
तपाईंमा विवाह भएपछि भावी श्रीमान्लाई तपाईंको अहिलेको यौनसम्पर्कका बारेमा थाहा होला कि नहोला भन्ने चिन्ता छ भन्ने बुझिन्छ, तर एकपल्ट फरक दृष्टिकोणबाट पनि तपाईंको यो समस्यालाई हेरौं। 
तपाईंले राख्नुभएको सम्बन्धका लागि एक हदसम्मको अन्तरङ्गता चाहिन्छ नै। केटासाथीसँग प्रेम सम्बन्ध थियो भने त्यसलाई किन निरन्तरता दिन चाहनुहुन्न  भन्ने कुरा पत्रमा स्पष्ट छैन। तपाईंको केटासाथीसँग प्रेम सम्बन्ध छ भने उसैसँग विवाह गर्न किन नसक्ने ? कुरा अलि बुझ्न नसकिने छ। अहिले कसैले मन दुखाउला भनेर आफ्नो जिन्दगीभरिको कुरामा सजिलै सम्झौता गर्नु मनासिव नहुन सक्छ।

परिवारमा विवाहको कुरा चल्नासाथ तपाईंले एक किसिमले नयाँ सम्बन्धलाई स्वीकार गरेको पाइन्छ। तपाईं यौनसम्पर्क नै भएको स्थितिमा पनि केटासँगको सम्बन्धमा समर्पित हुनु हुन्न भने कुरा अर्कै भयो। तपाईं उसबाट छुट्कारा पाउन चाहनुहुन्छ भने त्यसका पनि आफ्नै कारण होलान्, तर तपाई यस्ता कुरा पनि स्पष्ट हुनु आवश्यक छ।

के विवाहपूर्व यौनसम्पर्क राखेको थाहा पाउलान् ?

पहिलेको प्रेम तथा यौनसम्बन्धका बारेमा चर्चा गरिएन भने तपाईं यस्तो अवस्थाबाट गुज्रनुभएको होला भनेर थाहा पाउन सजिलो छैन। पुरुषलाई महिला यौनअङ्गको बनावटका सम्बन्धमा सामान्य जानकारी हुने भए पनि तपाईंको योनिको बनावट वा स्वरुरूप यस्तै थियो भन्ने कुरा थाहा हुँदैन भने यौनसम्पर्क राखेको कुरा थाहा पाउन त झन् गाह्रो कुरा हो। हुन त आफूले विवाह गर्न लागेकी दुलही कुमारी हो कि होइन भन्ने चासो धेरै पुरुषलाई भए पनि पक्का हुन सजिलो छैन। कुमारित्वमा योनिच्छद भएको वा नभएको कुरालाई नै मुख्य आधार बनाइएको पाइन्छ, तर वैज्ञानिक तवरले हेर्ने हो भने त्यसलाई बलियो आधार मान्न सकिँदैन। किनभने कुनै-कुनै युवतीमा योनिच्छद जन्मजात नै नहुन सक्छ वा त्यसको राम्रोसँग विकास नभएको हुनसक्छ। कतिपय युवतीको प्रथम यौनसम्पर्क हुनुभन्दा पहिले नै शारीरिक क्रियाकलापका दौरानमा योनिच्छद च्यातिन सक्छ। कतिपय महिलाको योनिच्छद निकै लचिलो र तन्कन सक्ने खालको हुन्छ। यस्तो स्थितिमा कतिपय महिलाको झिल्ली यौनसम्पर्क राखिसकेपछि पनि नच्यातिएको हुनसक्छ। यस्तो स्थितिमा कौमार्य भङ्ग भएको भए पनि योनिच्छद नच्यातिएको शारीरिक प्रमाणलाई आधार मान्दा कुरा निकै फरक पर्छ। देहव्यापारको क्षेत्रमा एकपल्ट पनि यौनसम्पर्क नराखेकी युवतीसँग पहिलो यौनसम्पर्क राख्न बढी रकम तिर्न तयार हुने पुरुषहरू प्रशस्तै पाइन्छन्, त्यसैले उनीहरूलाई त्यसको अभिनय गर्न सिकाइन्छ भने अर्कातिर भिक्टोरियन कालमा बेलायतमा योनिच्छद च्यातिएको भान पार्न जुका प्रयोग गरिएको उदाहरणसम्म फेला परेको छ। यसको निचोड के हो भने अन्य कुनै तरिकावाट सूचना नपाएको स्थितिमा सामान्यतः कुनै पनि पुरुषले महिलाले पहिले नै यौनसम्पर्क राखे-नराखेको कुरा थाहा पाउन सक्दैन। त्यसैले यौनसम्पर्क राखेको कुरा थाहा पाउला भनेर विवाह नै गर्नु हुँदैन भन्ने छैन।

सेक्स टिप्स



एक सर्वेक्षणलेबिछयौना वैजनी रंगको भए त्यसले मानिसको यौनजीवन बढी सुखी तथा आनन्ददायक हुने तथ्य पत्ता लगाएको छ। बिछयौनामा वैजनी रंगको तन्ना राख्ने तथा भित्ताहरूमा समेत वैजनी रंग नै पोतिएका कोठामा रात बिताउने जोडीहरू यौनको मामिलामा बढी सक्रिय हुन्छन्। सर्वेक्षणअनुसार वैजनी रंगको सुत्ने कोठा भएका महिला तथा पुरुषले हप्तामा औसतमा तीन पटक यौनसम्पर्क गर्छन् जुन रातो रंगको सुत्ने कोठामा सुत्ने जोडीहरूको भन्दा बढी हो। 



त्यस्तै यौनमा रेसमी च्यादर ओढ्ने जोडीहरूले सिरक तथा अन्य कपडा ओढ्नेले भन्दा बढी मज्जा लिन्छन्। रेसमपछि कटन, नाइलन तथा पोलिस्टर यौनका लागि उत्प्रेरक मानिन्छ। वैजनी रंगको तन्ना, वैजनी रंगको रेसमी च्यादर तथा वैजनी रंगकै भित्ता भएको बेडरुममा सुत्ने जोडीहरूको यौनसम्पर्कको दर धेरै गुणा बढी तथा आनन्ददायक हुने सर्वेक्षणको निष्कर्ष छ। कामुक रंगमा वैजनीपछि रातो, आकाशे, गुलाबी, कालो, नीलो, पहेँलो, सुन्तला, सेतो तथा हरियो रंग आउँछन्। खैरो रंगको प्रयोग यौनका दृष्टिले सबैभन्दा खराब हो।