Tuesday 6 August 2013

मुखमैथुन गर्दा अति नै आनन्द महसुस हुन्छ
हाम्रो विवाह भएको चार महिना भयो, बच्चा भएको छैन। मलाई मुखमैथुन गर्दा अति नै आनन्द महसुस हुन्छ, साथै मेरी श्रीमान्लाई पनि। यसले भविष्यमा कुनै असर पार्छ कि ? 
२७२ 
एक व्यक्तिको यौनअङ्ग अर्को व्यक्तिको मुखको सम्पर्कमा ल्याएर गरिने यौन क्रियाकलापलाई नै मुखमैथुन भनिन्छ। कतिपय व्यक्तिका लागि यो निकै सुखदायी तथा आकर्षक हुन्छ भने कतिका लागि एकदमै विकर्षक। नेपालमा राम्रोसँग अध्ययन हुन अझै बाँकी रहेकाले यसमा संलग्न जोडी कति छन् यकिन  भन्न सकिने स्थिति छैन। मानव यौनसम्पर्कलाई नियालेर हेर्ने हो भने कतिपय दम्पतीबीच मुखमैथुनको महत्वपूर्ण स्थान रहेको पाइन्छ। तपाईंहरू दुवैलाई मुखमैथुन मन पर्दो रहेछ। यसले तपाईंहरूको यौन क्रियाकलापमा थप आनन्द दिन्छ।
वास्तवमा मुखमैथुन भन्दा १. लिङ्ग-मुख मैथुन (Fallatio), २. योनि-मुख मैथुन (Cunnillingus) ३. गुद्द्वार-मुख मैथुन (Anillingus) सबै मुखमैथुनको प्रकारलाई बुझ्नुपर्छ। लिङ्ग-मुख मैथुन तथा गुद्द्वार-मुख मैथुन पुरुष-पुरुष तथा पुरुष-महिलाका बीचमा हुनसक्छ भने योनि-मुख मैथुन पुरुष-महिला तथा महिला-महिलाका बीचमा हुनसक्छ। तपाईंहरू एक-आपसमा के-कस्तो मुखमैथुनमा संलग्न हुनुहुन्छ, पत्रमा उल्लेख छैन।
कामसूत्रमा ऋषी वात्स्यायनले पनि मुखमैथुनका बारेमा वर्णन गरेको पाइन्छ। उनले मुखमैथुनलाई विभिन्न आठ नाम दिई वर्गीकृत गरेका छन्। ती हुन्- निमित्त -हातले लिङ्गलाई समातेर ओठ त्यसमा राखेर मुख गोलो पारेर हल्का किसिमले घर्षण गर्नु), पाश्र्वतोदष्ट -लिङ्गको अघिल्लो भागलाई हातले छोपेर, पछिल्लो भागलाई ओठले दबाउने), बहिसन्देश -लिङ्गको अग्रभागलाई मुखभित्र राखेर अघिपछि गर्ने), अन्तःसन्देश -बहिसन्देशभन्दा बढी नै मुखभित्र राखेर अघिपछि गर्ने), चुम्बितक -ओठलाई चुम्बज लिएजस्तै चुम्बन लिने), परिमुष्टक -जिब्रोले लिङ्गको अग्रभाग चलाउने), आम्रचूसितक -लिङ्गलाई मुख भित्र राखेर आँप चुसेजस्तै चुस्ने), संगर -लिङ्गलाई दाँतले स्खलिन नभएसम्म दबाउने)।
भविष्यमा के असर गर्ला ? 
मुखमैथुनजस्तो यौन क्रियाकलाप स्वस्थकर हो-होइन भन्ने कुरामा धेरैलाई शंका छ। स्वस्थ व्यक्तिका बीचमा हुने मुखमैथुन सुरक्षित हुन्छ। यसले स्वास्थ्यमा कुनै किसिमको हानि गर्दैन। यदि यौनरोगहरू छन् भने सर्न सक्छ, जुन कुरा लिङ्ग-योनि वा अन्य किसिमको यौनसम्पर्कका लागि पनि लागू हुन्छ। यदि यौनरोग छ भने राम्रोसँग उपचार गराएपछि वा भनौं निको भएपछि मात्र यस्तो क्रियाकलापमा सरिक हुनु बेस हुन्छ। यदी यौनसाथी मध्ये कसैलाई यौनरोग लागेको अथवा यौनरोग लागेको शंका छ भने पनि यसलाई सुरक्षित बनाउनु आवश्यक छ। श्रीमान्-श्रीमतीको बीचमा मात्र मुखमैथुन हुँदा कसैलाई कुनै रोग छैन भने त्यसको पनि चिन्ता लिनु परेन।
कतिपयलाई वीर्य वा योनिरस मुखमा पर्दा केही हानि गर्छ कि भनेर चासो हुन सक्छ। स्वस्थ व्यक्तिको यस्तो रस मुखमा पर्दा हानि पुग्दैन।

No comments:

Post a Comment